जुम्लामा हिमपात, किसान खुशी (फाेटाेफिचर)

 माघ १०, २०७९ मंगलबार ९:२२:५२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा हिमपात भएकाे छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेकाे हाे। 

अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो । 

हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ। 'पानी नपर्दा, हिमपात नहुँदा  बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियाैँ । अब सिँचाइमा सहज हुने आश छ 'चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भन्नुभयाे ।

जुम्लामा निकै चिसो हुँदै गएको छ ।  जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार अहिले यहाँकाे माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।  हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेकाे थियाे ।  

तस्बिर : रासस

अन्तिम अपडेट: चैत २२, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया