४३ किलोग्राम चरेससहित धादिङबाट दुई जना पक्राउ

 माघ ११, २०७९ बुधबार १२:१:२९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ -  धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर–६ मा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ परेका हुन् ।

चरेस ल्याउँदै गरेको सूचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले ३४ किलो ५ सय ग्रामसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ का ३२ वर्षका वीरबहादुर तामाङ र थाक्रे गाउँपालिकाको महादेवबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की ३५ वर्षकी लक्ष्मी पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

पक्राउ परेका तामाङ र पुरीलाई लागु औषध मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया