बाग्मती प्रदेशले टुङ्ग्यायाे मन्त्रीकाे नाम, यी हुन् ११ मन्त्रीहरु

 माघ ११, २०७९ बुधबार १४:१६:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा मन्त्रीहरुको टुङ्गो लागेको छ । प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुङ्गो लगाएका हुन् ।

नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुहुने भएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ ।

यस्तै माओवादीबाट गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्नुहुने भएको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्नुहुने भएको छ । यसअघि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्नुहुने भएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया