यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटली खेल्ने

 माघ १२, २०७९ बिहिबार ७:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटली खेल्ने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार सेमिफाइनलमा स्पेन र इटलीबीच प्रतिस्पर्धा हुने भएको हो ।

सन् २०२१ को सिजनमा पनि यी दुई देश सेमिफाइनलमा खेलेका थिए । त्यो खेलमा स्पेनले इटलीलाई २–१ गोलले हराएको थियो । फाइनलमा स्पेन फ्रान्ससँग २–१ गोलले नै पराजित भएको थियो । अर्को सेमिफाइनलमा क्रोएसिया र नेदरल्यान्ड्स खेल्नेछन् । यी सेमिफाइनलका खेल आउँदो जुन १४ र १५ तारिखमा हुनेछन् ।

तालिका अनुसार पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा इटली र स्पेन खेल्नेछन् । फाइनल र तेस्रो स्थानको खेल जुन १८ तारिखमा हुनेछ । सबै खेल नेदरल्यान्ड्समा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया