हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

 माघ १२, २०७९ बिहिबार ९:१९:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटाैँडामा रहेकाे नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गाेदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीकाे अनुमान छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएकाे क्षतिबारे यकिन जानकारी आएकाे छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाइएकाे थियाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया