टाइगर कप महिला भलिबलमा गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

 माघ १२, २०७९ बिहिबार ११:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरी एपीएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको खेलको पहिलो सेट एपीएफले २५–१३ ले, दोस्रो सेटमा २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको हो । अब एपीएफले उपाधिका लागि आर्मी र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको विजेतासँग खेल्नेछ ।

गएको आइतवारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता छ । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया