माघको दोस्रो हप्तामै गर्मी बढ्यो : अबकाे तीन दिन मौसम सफा रहने अनुमान

 माघ १४, २०७९ शनिबार ८:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - माघको दोस्रो हप्तामै गर्मी बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी महसुस गर्न थालिएको छ ।

बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाण्डौमा पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । काठमाण्डौ उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ ।

त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि तापक्रम बढ्दो छ । नेपालगञ्जमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम १९ दशमलव ८ र भैरहवामा २२ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । पोहोर माघमा माघको पहिलो हप्ता हिउँदे वर्षा भएको थियो भने माघको दोस्रो हप्ता चिसो नै थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ ।

नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ । तर यसपालि हिउँदे वर्षा र हिमपात कतै कतै फाट्टफुट्ट रुपमा मात्रै भएको छ । आज दिउँसो प्रदेश एकमा मौसम आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । अरु बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।

भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दूई ठाउँमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै पर्सि पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा सोमवार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Suresh kandel

    Jan. 29, 2023, 7 p.m.

    Pardes ko name sagi Thau ko name pane vhandenu vhyako hunthyoo?

  •  0 Reply

तपाईको प्रतिक्रिया