भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराएको छ ।
गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४४ ओभर २ बलमा २ सय ७१ रनमा अलआउट भयो ।
इङ्ल्यान्डका जासन रोयले १ सय १३ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले ४ विकेट लिए । त्यस्तै सिसन्दा मालागाले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले १ सय ११ रन बनाए । इङ्ल्यान्डका साम करणले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको दोस्रो खेल भोलि हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।