छोरीभन्दा छोरा धेरै जन्मिए
चैत ११, २०७९ शनिबार
मकवानपुर - बाग्मती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कैको राखिएको पाइएको छ । मन्त्रालयकाे आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला परेको हो ।
अझ प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा दुई जनालाई मन्त्री बनाएर राखिएको छ । एक जना मन्त्री सचिवभन्दा माथि अहिलेका मन्त्रीलाई तहगत रुपमा सचिवभन्दा मुनि राखिएको छ ।
कृषि मन्त्रालयको वेबसाइटमा पनि मन्त्रीका रुपमा दुई जनाको फोटो राखिएको छ । अझै पनि मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्री भनेर शालिकराम जम्मकट्टेलको नाम छ र फोटो पनि उहाँकै राखिएको छ । मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेको फोटोभन्दा माथि मुख्यमन्त्री तथा मन्त्री समेत भनेर जम्मकट्टेलको फोटो राखिएको छ ।
वेबसाइटमा सचिवको भन्दा मुनि प्रवक्ताको तस्बिर र नाम राखिँदै आएको ठाउँमा फेरि मन्त्री केशवप्रसाद पोख्रेलको नाम र फोटो राखिएको छ । एउटै मन्त्रालयमा दुई जना मन्त्री भनेर फोटो राखिएको वेबसाइट भिजिट गर्नेहरु बताउँछन् ।
मन्त्रीको फोटो परिवर्तन गर्नका लागि लगाएको तर, त्रुटि भएको पाइएमा तत्काल सच्याउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बताउनुभयो । बाग्मती प्रदेशमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिइसकिएको छ तर, त्यस मन्त्रालयको मन्त्रीमा शालिकराम जम्मकट्टेलको नाम र फोटो राखिएको छ । यही माघ १० को प्रदेशको मन्त्रिपरिषद्को बैठकले उद्योग, पर्यटन र सहकारी मन्त्रालयलाई एउटै मन्त्रालय बनाएको थियाे । तर, पहिलेकै मन्त्रालय राखिएको छ र मन्त्रीका रुपमा मुख्यमन्त्रीको फोटो राखिएको छ ।
यसैगरी बाग्मती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अरु मन्त्रालयमा गाभिइसकिएको छ । नभएको मन्त्रालयका मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्रीका रुपमा जम्मकट्टेलको नाम र फोटो राखिएको छ। यसैगरी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । तर, यो मन्त्रालय अझै वेबसाइटमा भने देखिन्छ । यसको मन्त्रीका रुपमा पनि जम्मकट्टेलको नाम र फोटो राखिएको छ ।
यसैगरी प्रदेशमा संस्कृति तथा पर्यटन मन्त्रालयमा अरु मन्त्रालयहरु गाभिएका छन् । तर, यस मन्त्रालयको वेबसाइटमा मन्त्री डम्बर तामाङको फोटोकोमुनि भने पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय लेखिएको छ । वेबसाइटकै माथि पुरानै नाम छ भने तल भने अहिले गाभिएका मन्त्रालयसहितको नाम लेखिएको छ ।
प्रदेशका अरु मन्त्रालयहरु मात्र होइन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि पुरानै १४ वटा मन्त्रालयहरुको नाम र त्यस मन्त्रालयहरुको लिङ्क राखिएको छ । मुख्यमन्त्री कार्यालयले नै माघ १० गतेको मन्त्रिपरिषद् बैठकमा १४ वटा मन्त्रालयलाई घटाएर ११ वटामा कायम गरेकाे घाेषणा गरेकाे थियाे । तर, मुख्यमन्त्री कार्यालयको वेबसाइटमा पुरानै मन्त्रालयहरुको नामावली राखिएको छ ।
मन्त्रालयका विषयमा आधिकारिक जानकारी लिनुपरे वेबसाइटमा गएर हेरिन्छ । तर, मन्त्रालय गाभिएकाे र मन्त्री परिवर्तन भएको पाँच दिन बितिसक्दा पनि पहिलेकै मन्त्रीकाे नाम र फाेटाे राख्नु, दुई जना मन्त्रीकाे नाम एउटा मन्त्रालयमा राख्नु लगायत गलत सूचना वेबसाइटमा देखिनु कर्मचारीकाे लापरबाही भएकाे मन्त्रालयको वेबसाइट हेर्नेहरु बताउँछन्।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।