पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर – यस वर्षको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार लेखक तथा निर्देशक डाक्टर किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले आज आइतवार एक कार्यक्रमकाबीच डा. प्रधानलाई प्रदान गरेको हो ।
एक लाख रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सहित्यकार तुल्सी थापाले प्रदान गर्नुभयाे । प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको हो । पुरस्कार हेटौँडाका व्यवसायी तथा समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएकाे हाे ।
यसअघि याे पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्मो (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका छन् ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरूप भाषा, साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्द्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य, सङ्गीत, सांस्कृतिक र कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई विभिन्न १२ वटा पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।