पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला - जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् ।
प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताउनुभयो ।
उहाँले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताउनु भएको छ । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उहाँको आग्रह छ ।
‘भूकम्प आउँदै छ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उहाँले भन्नुभयो – ‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दु:ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ । ’
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताउनु भएको छ ।
गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो । यो भूकम्प पछि पश्चिमी क्षेत्रका नागरिक त्रासमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।