पाेखरामा जलेर घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

 माघ १६, २०७९ सोमबार १४:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाेखरा – पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज साेमवार ज्यान गएको छ । 

पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ । 

घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया