खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

 माघ २१, २०७९ शनिबार ६:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले  सङ्घीय  सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो  ।

सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका शीर्षकमा खर्च कटौती  गर्न  भनेको छ । विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएकाले बजेट कटौती तथा खर्च रोक्का गर्न भनिएको छ ।

सबै पालिका र जिससले विनियोजित बजेटको खर्च भइ बाँकी रहेको दायित्व सिर्जना भइसकेका बाहेक बजेट तत्काल लागू गरी २० प्रतिशत कटौती गर्न आग्रह गरिएको छ । सङ्घीय सरकारले कर्मचारीको तालिम खर्च,  सिप  विकास  तथा  जनचेतना,  गोष्ठी,  कार्यक्रम खर्च, अनुगमन तथा मूल्याङ्कन खर्च, मेसिनरी  तथा  औजार  कटौती  गर्ने  निर्णय  गरिसकेको छ ।

त्यस्तै गाडी मर्मत खर्च, नियमित सार्वजनिक सम्पत्तिको मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन, सेवा परामर्श खर्च र अन्य कार्यालय सञ्चालन खर्चलगायतका शीर्षकको खर्च कटौती गर्ने निर्णय पनि भएको छ ।

यही निर्णयअनुसार जिल्ला समन्वय समिति र पालिकामा पनि खर्च कटौती गर्न भनिएको हो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया