डोटीको सिलगढीमा अलपत्र परेकी एक महिलाको उद्धार

 माघ २४, २०७९ मंगलबार ९:२५:१९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो ।

बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी  सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन ।

बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया