चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनकाे तयारी, सेवा लिन व्यवसायीलाई आग्रह

 माघ २६, २०७९ बिहीबार १७:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गतको सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन ।

हिजो बुधवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको बैठकबाट आन्तरिक टर्मिनल सञ्चालनका लागि दररेट स्वीकृत गरी टर्मिनलसमेत सञ्चालनको जिम्मेवारी प्राप्त भएको समितिले जनाएको छ ।

टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकोले सम्बन्धित सरोकारवाला निकायहरूमा पत्राचार गरी एक/दुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभएको छ । व्यापार सहजीकरणका लागि निर्माण भएको सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० वटा ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ ।

टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङ लगायतका सुविधाहरू उपलब्ध हुने भएकोले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटना लगायतको जोखिम कम हुने विकास समितिले जनाएको छ ।

यस्तै आयात/निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयात निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध पनि गरेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया