मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ ।
बिहीवार काठमाण्डाैमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले यस्तो बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण उहाँ कार्यक्रममा सहभागी बन्न सक्नुभएन । प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आशन ग्रहण गराएको थियो । त्यही विषयलाई लिएर श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ प्रमुख अतिथिको कुर्सीमा । पुरस्कार पाएजस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो ।’
त्यस अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले एउटै इच्छा छ, तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाउनुभएको थियो ।