बिहे भोज खाएर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयाे

 माघ २८, २०७९ शनिबार १०:५८:७ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर - बिहेमा भोज खाएर घर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएकाे छ। 

गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ लामाकाे भिरबाट लडेर ज्यान गएकाे हाे । 

स्थानीय छिमेकीको घरमा बिहेमा गइ घरतर्फ फर्केन क्रममा भिरबाट लडेर उहाँकाे ज्यान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामा ४० मिटर तल पुग्नुभएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया