डलरको भाउ आज पनि बढ्यो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदीमाथि रहेको 'रिभर फन जिपलाइन' मा सयर गर्नुभएकाे छ ।
१२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी 'रिभर फन बिच रिसोर्ट प्राली' ले पृथ्वी राजमार्गको चुम खोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज साेमवार मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुभएकाे हाे ।
मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुअघि डर लागेजस्तो भए पनि पछि उडान राेमाञ्चक भएकाे प्रतिक्रिया दिनुभयाे । पछिल्लो समय साहसिक गतिविधिले आन्तरिक पर्यटन प्रवर्धनमा निकै सघाएको उहाँले बताउनुभयाे ।
पाँच सय ५८ मिटर लामो जिपलाइनको धेरैजसाे भाग त्रिशूली नदीमाथि पर्ने कारण झनै साहसिक र रोमाञ्चक रहेको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताउनुभयाे । नदीमाथिकाे रोमाञ्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमुना भएको अधिकारीकाे भनाइ छ । जिपलाइन उडानमा प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो, भिडियोको थप तीन सय रुपैयाँ लाग्ने उहाँले जानकारी दिनुभयाे ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरु हुने जिपलाइन उडामा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकै पटक एकअर्कालाई हेर्दै उडान गर्न मिल्ने अधिकारीले बताउनुभयाे । रिसोर्टमा ९५ मिटरकाे स्काई रोप साइक्लिङसमेत रहेको छ ।
रिसाेर्टमा मिनी जिपलाइन, पिङ, रोप कोर्स लगायतका गतिविधिसहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन अवस्थामा रहेकाे छ । जिपलाइनका लागि बनाइएको टावरको तीन वटा तलामा 'रिभर फन क्याफे' रहेको छ ।
जिपललाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न सात करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।