शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
जुम्ला - जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अमिर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।