एपीएफलाई ट्राइबेकरमा हराउँदै मनाङ मर्स्याङ्दी मकवानपुर गोल्ड कपको फाइनलमा

 फागुन ७, २०७९ आइतबार २०:१२:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लब हेटौँडामा चलिरहेकाे पाँचौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज आइतवार भएकाे पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मनाङलाई जिताउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदीप सिख्रकारले गोल गरे । गोलरक्षक कार्कीले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सेमिफाइनल खेल भाेलि साेमवार हुनेछ । 

जिल्ला फुटबल सङ्घ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वाेत्कृट खेलाडीले बाइक र विधागत उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया