नेपाल आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा १८औँ स्थानमा

 असोज २६, २०७५ शुक्रबार १९:३७:३९ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा समावेश भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आईसीसीले निकालेको वरीयतामा नेपालले ११७ अङ्क पाएको छ । 

पहिलो पटक आईसीसीले महिला टि–२० वरीयता सार्वजनिक गरेको हो । जसमा नेपाली टिम १८ औँ स्थानमा रहेको छ । नेपालभन्दा पछाडि हङकङ, नामिबिया, नेदरल्याण्ड्स जस्ता टिम रहेका छन ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एसिया छनोट खेलेको थियो । 

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ । यस्तै न्यूजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचाँै, दक्षिण अफ्रिका छैटाँै, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन् ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया