सप्तरीकाे खडकपुरमा आगलागी, झन्डै १८ लाख रुपैयाँ क्षति

 फागुन ११, २०७९ बिहिबार १९:४०:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडकपुरमा आज बिहीवार आगलागी भएकाे छ ।  

स्थानीय पलनु यादवको घरमा बिजुलीको तार शर्ट भई आगलागी हुँदा घरभित्र रहेका समानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै छिमेकी गोहालु यादवको घर र घरभित्रका समानहरू जलेर नष्ट भएको छ । यस्तै वीरेन्द्र यादवको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागी हुँदा झन्डै १८ लाख रुपैयाँ बराबरको क्षति भएको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयाे । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको उहाँले बताउनुभयाे ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया