मकवानपुरमा डेढ टन गाँजा बरामद : ७६ वर्षीय वृद्धसहित ५ जना पक्राउ

 फागुन १३, २०७९ शनिबार १६:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मकवानपुरमा डेढ टन गाँजासहित चरेश र हतियार बरामद भएको छ ।

कैलाश गाउँपालिका–६ दुम्सिखर्कका जितबहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा गाँजा १ हजार ५ सय १५ किलो, चरेश १३ किलो, भरुवा बन्दुक र कटुवा पेस्तोल १–१ थानसहित ६ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

७६ वर्षीय जितबहादुर मोक्तान सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितबहादुरसहित २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घले रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया