सोसियल मिडिया फिल्म अवार्डका मनोनयन सार्वजनिक, तीन जनालाई सोसल मिडिया सम्मान गरिने (सूचीसहित)

 फागुन २६, २०७९ शुक्रबार २०:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ड्रिम वर्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौले ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ का लागि मनोनयनमा परेका उत्कृष्ट लघु तथा वृत्तचित्रको नामावली सार्वजनिक गरेको छ ।

ड्रिम वर्डले यही फागुन २८ गते हुन लागेको अवार्डको दोस्रो संस्करणका लागि उत्कृष्टमा परेका ११ विधाको नामावली सार्वजनिक गरेको हो । कार्यक्रम निर्देशक शवनम मुखियाका अनुसार मनोनयनमा परेकाबाट सर्वोत्कृष्ट १ र अन्य उत्कृष्ट गरी २२ जनालाई अवार्ड वितरण गरिनेछ।

सर्वोत्कृष्ट र उत्कृष्ट छनोटको निर्णायकमा छोटा चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको भूमिकामा रहनु हुनेछ । यस्तै आदिवासी जनजाति चलचित्रमा भने निर्णायकमा अग्रज पत्रकार विजय रत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा हुनुहुन्छ ।

अवार्डमा ‘सर्ट फिल्म’ अन्तर्गत लघुचलचित्र, निर्देशक, सम्पादक, अभिनेत्री, अभिनेता, छायाँकार, आदिवासी जनजातीका चलचित्र, युट्युब भिडियोलगायत गरी ११ विधामा अवार्ड वितरण गरिने कार्यक्रम निर्देशक मुखियाले जानकारी दिनु भयो ।

अवार्डका लागि ‘सोसियल मिडिया’ अन्तर्गत फेसबुक, युट्युब, ट्विटर, इष्टाग्राम ब्लगलगायतमा सार्वजनिक भएकाएक सय २० वटाश्रव्यदृश्य र छोटा फिल्महरुले नाम दर्ता गराएका थिए । २०७८ सालमा नै हुनुपर्ने यो ‘अवार्ड’ कार्यक्रम कोरोना महामारीका कारण रोकिएकाले यस वर्ष गर्न लागिएको हो ।

अवार्ड वितरणसँगै यस कार्यक्रममा ‘सोसियल मिडिया सम्मान’ र सांस्कृतिक कार्यक्रम समेत गरिनेछ । जसमा नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कारमा युवा पत्रकार पारसमणि पौडेललाई सम्मान गरिने आयोजक ड्रिम वर्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौले जानकारी दिएको छ ।अवार्ड वितरण तथा सम्मान कार्यक्रम चलचित्र विकास बोर्ड काठमाण्डौको हलमा आउँदो २८ गते आइतवार दिउँसो साढे १ बजे हुनेछ ।

छोटा चलचित्र, वृतचित्र तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका जनचेतनामूलक भिडियोलाई मध्यनजर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ २०७५ सालदेखि सुरु भएको हो । अवार्डको पहिलो संस्करणमा सर्वोत्कृष्ट एक गरी २१ विधामा अवार्ड वितरण गरिएको थियो । 

मनोनयनमा परेका ११ विधाहरु निम्न छन् :

उत्कृष्ट लघु चलचित्रका पाँच मनोनयनहरु
१. पेन्सिल
२. पुष्पा नेपाली
३. नफुलेको फूल
४.बादलका गीतहरु (सङअफ क्लाउड)
५. गंगा 

उत्कृष्ट निर्देशकका पाँच मनोनयनहरु
१.आशिष भण्डारी (पेन्सिल)
२. अंकित पौडेल (बादलका गीतहरु)
३. विशाल लोहनी (पुष्पा नेपाली)
४. प्रसन्न माली (भावविहीन)
५. दिनेश खड्का (फूलुङ्ग)

उत्कृष्ट पाँच छायाङ्कारहरु
१. अनिश स्याङदेन (नफूलेको फूल)
२. सुरेश नेपाली (स्पर्श )
३. आशिष भण्डारी (पेन्सिल)
४. राजेन्द्र पाल (भावविहीन)
५. अंकीत पौडेल (बादलका गीतहरु)

उत्कृष्ट पाँच सम्पादकहरु
१. दिपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)
२. गौतमराज खड्का (छोरी)
३. केदार भुषाल, किशोर केसी (बेलुन)
४. विशाल लोहनी (सेती दिदी)
५. सन्दीप श्रेष्ठ (बादलका गीतहरु)

उत्कृष्ट पाँच पटकथाहरु
१. आशिष भण्डारी (पेन्सिल)
२. जोन योञ्जन (बेलुन)
३. अंकित पौडेल (बादलका गीतहरु)
४. केशवराज अर्याल (साहरा)
५.सुनिता पौडेल (भावविहीन)

उत्कृष्ट पाँच ध्वनि संयोजकहरु
१. किशोर आचार्य (बादलका गीतहरु)
२. दिपेन्द्र सुनार (पेन्सिल)
३. प्रमोद परियार (पुष्पा नेपाली)
४. सुशान्त श्रेष्ठ (बेलुन)
५.प्रमोद परियार (राजु गाउँले)

उत्कृष्ट पाँच अभिनेताहरु
१.अशोक सिवाकोटी (फूर्लुङ्ग)
२. हिमाल खड्का (पेन्सिल)
३. खुमबहादुर सुनार (सम्झना)
४. वसन्त पोख्रेल (छोरी)
५. विरान दहानी (चिया चौतारी)

उत्कृष्ट पाँच अभिनेत्रीहरु
१. सरीता ढुंगाना (डट्डट् सम्बन्ध)
२. श्रेया महर्जन (गंगा)
३. काव्या आचार्य (रत्नपार्क)
४. साया भण्डारी (गहना) 
५. सदीक्षा गौतम (स्पर्श)

उत्कृष्ट पाँच आदिवासी जनजाति चलचित्रहरु
१. म को हुँ (शिव मुखिया)
२. बन्थी सानी केटी  (विन्दुकुमारी माझी)
३. के (सागर केरुङ)
‍४. हासा मुदुगु सा (सुनिताराज भण्डारी)
५. इन्द्रायणी (वीर शाक्य)

उत्कृष्ट पाँच वृतचित्रहरु
१. मैले देखेको पशुपति (कल्याण थापा)
२.लदि पुजा (विन्दुकुमारी माझी)
३. यातना गोठ (कृत पन्त)
४. तिलोत्तमा (उद्धव भट्टराई)
५. रातामाटे स्कूल (उमेश राई)

उत्कृष्ट पाँच युट्युब भिडियो
१. कोरोना हेर्ने देवी (अशोक बस्नेत)
२. द थिप (कुमार गजुरेल)
३.पहिलो पटक (अर्विन भट्टराई)
४. रहरै भो (उत्सव केसी)
५. चरीबहादुर शो (नविन दाहाल)

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया