एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – नेपाली सिनेमा उद्योग सानो छ । यहाँ एउटा सिनेमा निर्माण गरेपछि निर्मातालाई त्यसको लगानी उठाउनै मुश्किल पर्छ । नेपालमा कमै मात्र त्यस्ता निर्माता होलान् जसले सिनेमाको लगानी उठाउन सकेका छन् ।
तर पछिल्लो समय यसको विकासक्रम बढ्दै गएको छ । यहाँ विदेशी सिनेमाको ठाउँ नेपाली सिनेमाले नै लिन थालेका छन् । हिन्दी सिनेमामा देखिने गरेको नेपाली दर्शकको भिड नेपाली सिनेमामा देखिन थालेको छ । यसले निर्मातालाई केही राहत भने दिन थालेको छ ।
यही कारण पनि पछिल्लो समय निर्माता तथा निर्देशकले सिनेमामा विशेष मिहिनत गर्न थालेका छन् । मिहिनेत गर्नेमध्ये केहीले पूर्ण रुपमा सफलता पाएका छन् भने केहीले सन्तोषजनक सफलता र खुशी हात पारेका छन् ।
तर नेपाली सिनेमाकै इतिहासमा हास्यकलाकारको टिम एक मात्र त्यस्तो टिम बनेको छ जसले लगातार पाँच पटक सफलता पायो ।
सिनेमा ‘६ एकान ६’ बाट सुरु भएको यो टिमको यात्रा अहिले ‘छक्का पञ्जा ३’ सम्म आइपुगेको छ । यो टिमले निर्माण गरेका पाँचवटै सिनेमा हिट भए ।
सिनेमा कस्तो बनाउने भन्ने कुरा निर्देशकको हातमा हुन्छ । कथालाई कसरी प्रस्तुत गर्ने भन्ने जिम्मेवारी निर्देशकले पाएको हुन्छ । यदि निर्देशकले कथामा खेल्न सकेन भने कथा राम्रो भएर पनि सिनेमा राम्रो बन्न सक्दैन । हास्यकलाकार टिमको सफलतामा कायापलट तब भयो जब कलाकार दीपाश्री निरौला निर्देशकको रुपमा मैदानमा उत्रिइन् । उनले निर्देशन गरेको छक्का पञ्जाले नेपाली सिनेमाको इतिहासमा केही त्यस्ता रेकर्डहरु राख्यो जुन त्यसअघि कुनै पनि सिनेमाले राख्न सकेका थिएनन् ।
छक्का पञ्जाले मल्टिप्लेक्समा ५१ दिन मनायो । नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै १७ करोडको कारोबार गर्यो । महिला निर्देशकको हकमा पहिलो हिट सिनेमा बन्यो । यस्ता अन्य केही रेकर्डहरु पनि यो सिनेमाले आफ्नो नाममा गर्यो । यो सिनेमा उत्कृष्ट बन्नुमा निर्देशक दीपाश्री निरौलाको मुख्य भूमिका थियो ।
कलाकारितामा २५ वर्ष लामो अनुभव संगालेर निर्देशन गरेको पहिलो सिनेमाले नै ठूलो सफलता पाएपछि दीपाले निर्देशनलाई निरन्तरता दिने सोच राखिन् र यही सिनेमाको सिक्वेल अर्थात ‘छक्का पञ्जा २’ निर्देशन गरिन् ।
यो सिनेमाले पनि आक्रामक कारोबार गर्यो । छक्का पञ्जाको तुलनामा कम कारोबार गरेको भए पनि यो सिनेमाले १४ करोडको कारोबार गर्दै सिनेमा उद्योगमा अर्को रेकर्ड कायम गर्यो ।
यो दीपाश्रीको निर्देशनको दोस्रो ठूलो सफलता बन्यो । उनको सफलता यतिमात्रै सीमित रहेन । सिनेमा ‘छक्का पञ्जा ३’ सम्म आइपुग्दा पनि कायमै रहेको छ ।
गएको बुधबार अर्थात घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा ३’ ले ४ दिनमा ४ करोडको कारोबार गरिसकेको छ । सिनेमाका समीक्षकहरुले यो सिनेमा ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ भन्दा उत्कृष्ट रहेको प्रतिकृया दिएका छन् ।
त्यस्तै दर्शकले पनि सिनेमामा सही विषय उठाएको र निर्देशकको काम उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । अहिले सिनेमा हेर्न आउने दर्शकको चाप हेर्दा यो सिनेमाले अब केही दिन हैन महिनौँ हलमा दर्शकको साथ पाउने देखिन्छ ।
यस्तो प्रतिकृया र दर्शकको साथ पाउनु भनेको दीपाश्रीका लागि र समग्र टिमकै लागि खुशीको कुरा हो । यस्ता कुराहरुले यो टिमलाई थप उर्जा र हौसला दिएको छ ।
लगातारका सफलता हेर्ने हो भने यो टिमले नै सफलतामा ह्याट्रिक गरेको छ । निर्देशनमा हिसाबमा पनि निर्देशक दीपाश्री निरौलाले ह्याट्रिक मारेकी छिन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।