सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ

 फागुन २८, २०७९ आइतबार ८:३०:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । 

पक्राउ पर्नेहरुमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव  र महेन्द्र खङ्ग खत्वे रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया