न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाडौं – नेपाल बैंक लिमिटेडले ललितपुरको धापाखेलमा सञ्चालित नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई आर्थिक सहयोग गरेको छ ।
बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दसैँको अवसर पारि बाल उत्थानलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
अनाथ बालबालिकाहरु सेवामा सहयोग गर्न पाएकोमा अध्यक्ष आचार्यले खुशी व्यक्त गर्नुभयो ।