सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयाे

 फागुन ३०, २०७९ मंगलबार ८:१२:१० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चाेकमा पोखरीमा डुबेर एक बालकको ज्यान गएकाे छ ।

स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षीय छाेरा हार्दिक कुमार मण्डलकाे पोखरीमा डुबेर ज्यान गएकाे हाे ।

पाेखरीमा डुबेर घाइते भएका बालककाे उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयाे।

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया