डोटी दुर्घटना अपडेट : घाइते भएकी महिलाकाे ज्यान गयाे

 फागुन ३०, २०७९ मंगलबार १९:४४:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा जीप र माेटरसाइकल ठाेकिँदा गम्भीर घाइते भएकी एक महिलाकाे उपचारका क्रममा ज्यान गएकाे छ । मङ्गलवार बिहान दुर्घटनामा परेर घाइते भएकी ६५ वर्षीया धौलीदेवी विष्टको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

जिल्ला सदरमुकाम सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठाेकिँदा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

सिलगढी अदालत मोड नजिक भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते सबैको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया