राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – कांग्रेस–एमालेसहितका किसान सङ्घ–सङ्गठनहरूले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
बुधवार काठमाण्डाैमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासङ्घ, एमाले निकट अखिल नेपाल किसान महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठनले मलमा अनुदान कटाैती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा माग तत्काल सम्बोधन गराउनका लागि दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ ।
किसानहरूलाई दिइँदै आएको एकमात्रै अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत ३ गते शुक्रवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान सङ्घर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिनुभयो । उहाँले किसानलाई राहत दिनका लागि सुरु गरिएको याे आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनीसमेत दिनुभयो ।
यही फागुन २६ गते सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारको त्याे निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित सङ्घ–सङ्गठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरूप आन्दोलन सुरु गरेका छन् । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।