शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी

 माघ ५, २०८१ शनिबार ६:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षकहरूले योगदानमा आधारित पेन्सन योजनाको विरोध गरेका छन् । सरकारले अध्यादेशमार्फत शिक्षकहरूलाईसमेत योगदानमा आधारित पेन्सन योजनामा समावेश गर्ने भनेपछि उनीहरूले यसको विरोध गरेका हुन् ।

नेपाल शिक्षक महासङ्घसँगै पेन्सन वञ्चित शिक्षक समूह केन्द्रीय सङ्घर्ष समिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, प्रगतिशील शिक्षक सङ्गठनलगायतका शिक्षक तथा कर्मचारीका सङ्गठनहरूले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

योगदानमा आधारित पेन्सन योजना नयाँ शिक्षा ऐन जारी भएपछि मात्रै लागू हुनुपर्ने उनीहरुको माग छ । महासङ्घले विज्ञप्ति निकालेर विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने बेलामा अध्यादेशमार्फत शिक्षकहरूमाथि अन्याय गर्न खोजेको आरोप लगाएको छ ।

यसअघि निजामती कर्मचारी, सुरक्षा निकायलगायतका लागि आवश्यक कानूनी व्यवस्था गरे पनि शिक्षकको हकमा भने नियमावली बन्न सकेको थिएन ।

योगदानमा आधारित पेन्सन योजनामा आफूहरूको विरोध नरहे पनि विद्यालय शिक्षा ऐन ल्याएर समाधान गर्नुपर्नेमा अध्यादेशमार्फत जबरजस्ती लाद्न खोजेको भन्दै महासङ्घले आपत्ति जनाएको हो ।


 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया