ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायाे

 चैत १, २०७९ बुधबार १९:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ । 

ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा एपीएफले आर्मीलाई १–० गाेल अन्तरले हरायाे । एपीएफका लागि खेलकाे ३७ औँ मिनेटमा मणि लामाले गाेल गरे । 

याे जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जाेडेकाे छ । प्रतियाेगितामा पहिलो हार बेहाेरेकाे आर्मीको ४ खेलबाट ५ अङ्क छ ।

यस सिजनको 'ए' डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया