यूएईका कप्तान अर्धशतक बनाएर आउट, सन्दीपले लिए विकेट

 चैत २, २०७९ बिहिबार १०:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँगकाे खेलमा यूएईका कप्तान माेहम्मद वसीमले अर्धशतक बनाएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे यूएईका लागि वसीमले ४३ बलमा अर्धशतक बनाएका हुन् । उनी सन्दीप लामिछानेकाे बलमा ४८ बलमा ६३ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म यूएईले १६ ओभर २ बलमा २ विकेट गुमाएरु ९८ रन बनाएकाे छ । 

१९ रन बनाउँदा १ विकेट गुमाएकाे यूएईले दाेस्राे विकेटका लागि कप्तान माेहम्मद वसीम र वृत्य अरविन्दले ७९ रनकाे साझेदारी गरे । अरविन्द अहिले २१ रन बनाउँदै क्रिजमा छन् ।

लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया