यूएईसँगको खेलमा गुल्सन झाकाे पनि अर्धशतक

 चैत २, २०७९ बिहिबार १७:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत यूएईसँगको खेलमा गुल्सन झाले पनि अर्धशतक बनाएका छन् ।

उनले ४७ बलमा ५० रन पूरा गरेका हुन् । यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । 

यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ । सार्कीले ६० बलमा ५० रन हानेका थिए भने कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए । 

 यो समाचार तयार पार्दासम्म नेपालले  ४४ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएर २६९ रन बनाएको छ। 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया