मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको छ । आज च्यासल मैदानमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सातदोबाटोको लागि मातमुराटोभ र दिपकराज ठकुरीले एक/एक गोल गरे ।
खुमलटारका राजीव लोप्चनले एक गोल फर्काए। सातदोबाटोको ५ खेलमा १२ अङ्क छ । खुमलटारले ६ अङ्क जोडेको छ ।
आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । सङ्कटाको ५ अङ्क र हिमालयन शेर्पाको ६ अङ्क रहेको छ । लिगमा आजदेखि पाँचौँ चरणका खेल सुरु भएका छन् ।
यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।