लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस आबद्ध टोलीलाई हराउँदै जायन्ट्स फाइनलमा

 चैत ३, २०७९ शुक्रबार ७:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्सलाई २० रनले हराउँदै वर्ल्ड जायन्ट्स फाइनलमा पुगेको छ ।

जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ ओभर १ बलमा १ सय ३० रनमा अलआउट भयो । यो खेलमा पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए ।

एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ३७ रन बनाए । शाहिद अफ्रिदीले २६ रन जोडे । जायन्ट्सका टिनो बेस्टस र क्रिस मफ्पुले समान ३ विकेट लिए । ब्रेट ली र स्मित पटेलले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । उसका हासिम आमलाले सर्वाधिक ६८ रन बनाए । ज्याकक्विस कालिसले ५८ रन जोडे । एसियाका लागि मोहम्मद आमिर र सोहेल तनविरले एक/एक विकेट लिए ।

लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । जायन्ट्स ४ खेलमा ३ मा जितसहित ६ अङ्ककासाथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एसिया ४ खेलमा २ जितसहित ४ अङ्कका साथ दोस्रो तथा इण्डियन महाराज १ जितसहित तेस्रो स्थानमा छ ।

फाइनल प्रवेशका लागि एसिया र ईण्डियन महाराजबिच भोली खेल हुनेछ । फाइनल खेल सोमवार हुनेछ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया