नेपाली क्रिकेट टोलीका खेलाडीलाई बाग्मती प्रदेशले जनही एक लाख रुपैयाँ दिने

 चैत ३, २०७९ शुक्रबार १३:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आईसीसी विश्व कप क्रिकेट  लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही  १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हाे ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप रकम पुरस्कार दिन लागिएकाे प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो। 

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताउनुभयो । विश्व क्रिकेट लिग टू मा नेपालले हिजाे भएकाे खेलामा यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको हाे ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया