सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
कात्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएलका लागि मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जोडिएको छ ।
पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामा र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेबीच साेमबार सम्झौता पत्रमा हस्ताक्षर भयो ।
सम्झौता पश्चात् पीपीएलका दौरान खेलाडीले कुनै पनि चोट ब्यहोर्नु परेको खण्डमा अस्पतालले निःशुल्क उपचार गराउनेछ । स्पोर्टस मेडिसिनमा पनि विषेश सेवा प्रदान गर्दै आएको ग्राण्डीले पाँच वर्षसम्म खेलाडीको उपचारमा सहयोग गर्नेछ ।
पोखरामा आयोजना हुने पीपीएलको समयमा अस्पतालले डाक्टर, फिजियोसहितको टोली खेलस्थलमा उपलब्ध गराउनेछ । यो सम्झौता पाँच वर्षका लागि हो । प्रतियोगितामा ६ वटा फ्रेन्चाइजी टोलीहरुको सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।