पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी उहाँको घरमा पुग्यो

 चैत ४, २०७९ शनिबार १४:५६:२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी उहाँको घरमा प्रवेश गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि यसअघि गएको हप्ता पनि प्रहरी लाहोरमा रहेको खानको घरमा पुगेको थियो । तर खानका समर्थकले रोकेपछि प्रहरीले दुई दिनसम्म प्रयास गर्दा पनि पक्राउ गर्न सकेन । त्यसपछि खानले १८ मार्च अर्थात आज आफैं अदालतमा हाजिर हुने बताएपछि प्रहरी फर्किएको थियो । तर आज पनि खान अदालतमा हाजिर नभएपछि प्रहरी उहाँको घरमा पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

आज पनि खानको घरभित्रबाट उहाँका समर्थकहरुले प्रहरीमाथि गोली चलाइरहेका प्रहरीको दावी छ । राजकीय उपहार पाएका सामग्री गैरकानुनी रुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्याययिक टिप्पणी गरेको अभियोग खानमाथि लागेको छ ।

यसैबीच खानले एउटा भिडियो सन्देश जारी गरेर आफू अदालत गइरहेको भए पनि दुर्घटनाबस उपस्थित हुन नसकेको उल्लेख गर्नुभएको छ । ट्वीटरमा १३ सेकेण्डको भिडियो पोष्ट गर्दै उहाँले अदालतमा आफू उपस्थित हुँदाको सुरक्षाबारे चिन्ता व्यक्त गर्नुभएको छ ।
 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया