तिलोत्तमा गोल्डकप : आज थ्री स्टार र हिमालयन शेर्पा खेल्दै

 चैत ५, २०७९ आइतबार १०:३५:१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही - बुटवलमा भइरहेकाे २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ । खेल एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउँसाे ३ बजेदेखि सुरु हुँदै छ । आजकाे खेल जित्ने टाेली सेमिफाइनलमा पुग्नेछ । 

शनिवार भएको उद्घाटन खेलमा आयोजक रुपन्देही-११ लाई हराउँदै सुदूरपश्चिम-११ सेमिफाइनलमा पुगिसकेकाे छ । 

दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ दी म्याचलाई पनि ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया