सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
सप्तरी – सप्तरीकाे गाेबरगाढा टप्पुबाट प्रहरीले हवाई फायर गरी १ सय ८४ किलो गाँजा बरामद गरेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाडाबाट प्रहरीले शनिवार राति १ सय ८४ किलो गाँजा बरामद गरेको हो । गाँजा घोडामा बाेकाएर भारत लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाँजा छाडेर भागेका थिए ।
गाँजा बरामद गरी ल्याउन खोज्दा तस्करहरूले खोस्न खोजेपछि अवस्थालाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले १ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।
गाँजा तस्करहरूको खोजी तथा घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।