दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय ...
जेठ २०, २०८० शनिबार
रामेछाप – रामेछापको मन्थलीमा तामोकोसी नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । मन्थली नगरपालिका–१ सुकाजोर खोलामा सञ्चालित मन्थली रोडा ढुङ्गा उद्योग प्रालीले क्रसर उद्योगलाई चाहिने कच्चा सामग्री झिक्नका लागि कोसीकाे धार नै परिवर्तन गरेको हो ।
क्रसर व्यवसायीले कानुन विपरीत ठूल्ठूला डोजर चलाएर ढुङ्गा, बालुवा र गिट्टी निकालिरहेका छन् । कोसीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुन विपरीत जनप्रतिनिधिहरूको मिलेमतोमा क्रसर व्यवसायीले जथाभाबी नदी दोहन गरिरहेका स्थानीयको आरोप रहेको छ ।
जथाभाबी उत्खननले तामाकोसी नदीको घाटमा रहेको झोलुङ्गे पुल र आसपासको बस्ती नै जोखिममा परेको छ । तत्काल मन्थली नगरपालिकासँग जानकारी लिएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयाे, ‘नदीजन्य पदार्थ उत्खनन गर्न मन्थली नगरपालिकाले टेन्डर लगाएको भन्ने जानकारी पाएको छु । यस विषयमा मन्थली नगरपालिकासँग जानकारी लिन्छु ।’
कानुन विपरीत नदी फर्काएर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का (कार्की) बताउनुहुन्छ । उहाँले भन्नुभयाे, ‘म तत्काल इन्जिनियरसहितको टोली त्यस ठाउँतर्फ पठाउँछु । यदी नदीको धार नै परिर्वतन गरेको भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।