धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयाे

 चैत ११, २०७९ शनिबार १४:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक ठाेक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

ना ६ ख ६५७८ नम्बर र  प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठाेक्किँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएकाे हाे । 

दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते हुनुभएकाे धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयाे । उहाँकाे  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया