१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ । हिजो उडान भरेलगत्तै समस्याहरू देखिन थालेपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको स्पेसएक्सले बताएको छ ।
स्टारशिपमा आएको समस्याबारे बुझ्न उडानसँग सम्बन्धित डेटालाई टोली खटाएर सूक्ष्म अध्ययन गर्ने स्पेसएक्सलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । टोलीले उडानसँग सम्बन्धित डेटा अध्ययन गर्नेछ । सामाजिक सञ्जालमा देखिएको एउटा अपुष्ट भिडियोमा स्टारशिप रकेट आगोमा जलिरहेको देख्न सकिन्छ ।
अर्बपति मस्कले सामाजिक सञ्जालमा सफलता अनिश्चित छ तर मनोरञ्जनको ग्यारेन्टी छ भनेर लेख्नुभएको छ । स्टारशिपको यसअघि ६ पटकसम्मको परीक्षण असफल भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।