सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
काठमाडाैं - गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइएको छ । ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो ।
धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने फूलपाती जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ । २०६६ सालसम्म हिंडाएर ल्याइने फूलपाती त्यसयता गाडीमा ल्याइन्छ ।
जमलबाट उच्च सरकारी अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ ल्याइने फूलपाती हर्षबढाइँका साथ हनुमानढोकाको दसैँघरमा भित्र्याइन्छ ।
गोरखाबाट बिहान पठाइएको फूलपाती साँझ हनुमानढोकामा भित्र्याएपछि मात्रै विधिवत रूपमा दसैं सुरू भएको मानिन्छ । विक्रम सम्वत् १७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुर राज्यमा विजय हासिल गरी यहीं राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्र्याउन थालिएको परम्परा अझैसम्म जिवित रहेको हो ।
भगवती मन्दिरप्रतिको श्रद्धा र भावभक्तिले पृथ्वीनारायण शाहले यो परम्परा सुरु गरेको ठानिन्छ । फूलपातीमा के–के मिसाइएको छ भन्ने जानकारी गोरखा दरबारका सुसारेबाहेक अरुलाई हुँदैन । त्यहाँका थापा परिवारले संकलन गरेको फूलपाती आधा हनुमानढोका ल्याइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैं घरमा भित्र्याउने चलन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।