एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – इन्जिनियर लाइसेन्स परीक्षामा ५ सय ६५ जना उत्तीर्ण भएका छन् । मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्ये ५ सय ६५ जना परीक्षार्थीमात्रै उत्तीर्ण पास भएका काउन्सिलका अध्यक्ष पदम साहीले बताउनुभयो । उहाँले परीक्षा चैत १३ र १४ गते लिएकोमा साढे २८ प्रतिशतमात्रै उत्तीर्ण भएका बताउनुभयो । उहाँले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताउनुभयो ।
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । परीक्षामा उत्तीर्ण नभएकाले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।
इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाविना नै लाइसेन्स दिने गरेकेा थियाे ।तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नका लागि काउन्सिलको परीक्षामा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।