काठमाण्डौमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदै

 चैत १५, २०७९ बुधबार ७:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाको समन्वयमा आज र भोलि सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा काठमाण्डौ महानगरसहित ७ सय ५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक–एक जना प्रतिनिधि सहभागी हुँदैछन् । काठमाण्डौ महानगरकी  उपमेयर एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । सम्मेलनले सबै पालिकाको न्यायिक समितिका कामलाई एकरुपता दिने लक्ष्य लिएको छ ।

आज उद्घाटन हुने सम्मेलनको दोस्रो दिन भोलि विवाद निरुपण काठमाण्डौ घोषणापत्र जारी हुनेछ । सम्मेलनमा ४ वटा मुख्य कार्यपत्रमा प्रस्तुति हुनेछ । पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुनेछ । सम्मेलनको दोस्रो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति गर्नुहुनेछ ।

तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा हुनेछ । चौथो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रिया सम्बन्धी हुनेछ । सम्मेलनमा न्यायिक सञ्जाल गठन गर्ने कार्यक्रम पनि रहेको छ । न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने उपमेयर डंगोलले बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया