न्याय माग्न हिँडेरै काठमाण्डौ आएका धेरैजसो मिटरब्याज पीडितहरु बिरामी, आज आराम गर्ने

 चैत १५, २०७९ बुधबार ८:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् ।

धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने  तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाण्डौको चिसोले पनि छोएको छ ।

गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् । गएको आइतबार मातातीर्थमा बसेका उनीहरु अस्ति सोमबार खुलाजञ्चमा बस्ने तयारी  गरेका थिए । तर काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिए पछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए ।

मिटरब्याजपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् । यस्तै, सरकारले मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याज पीडितले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाण्डाै आएर विरोध प्रदर्शन थालेपछि सरकारले समस्याको दीर्घकालीन समाधानका लागि अग्रसरता थालेको हो । पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया