संसद् हाजिर गर्ने र हिँड्ने माध्यम नबनोस् : सांसद खतिवडा

 चैत १५, २०७९ बुधबार १७:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या निकै कम देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उहाँले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरू हुनुहुन्न’, सांसद खतिवडाले भन्नुभयो, ‘संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’

संसदमा सांसदकाे कम उपस्थितिलाई लिएर पटक–पटक आलाेचना हुँदै आएकाे छ । संसदमा गणपूरक सङ्ख्या नपुग्दा कहिलेकाहीँ बैठक नै स्थगित हुने गरेकाे छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया