रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छ : सांसद परियार

 चैत १५, २०७९ बुधबार १७:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ ।

बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तारूढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रहेको बताउनुभएको हो । सरकारमा जाने सम्बन्धमा संवाद भइरहे पनि अहिलेसम्म टुङ्गो नलागेको सांसद परियारकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विश्वासको मत दिइसकेपछि सामान्य अर्थमा रास्वपा सरकारमा जान्छ भन्ने नै हो । विशेषगरी नेपाली कांग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ । तर अहिले हाम्रा लागि उपचुनाव महत्त्वपूर्ण छ । संवाद जारी छ तर टुङ्गिएको छैन । मलाई लाग्छ आज/भोलिमा टुङ्गिन्छ ।’

सांसद परियारले आफ्नो पार्टी वैशाख १० गते हुने उपचुनावमा केन्द्रित भइरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया